Section 72
नियमन शुल्क
(१) ऐनको दफा ७९ र १०० बमोजिमको नियमन शुल्क बीमकले प्रत्येक त्रैमासिक अवधि /समाप्त-भएको तीस दिनभित्र प्राधिकरणमा बुझाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम बीमकले नियमन शुल्क नबुझाएमा बुझाउन बाँकी रहेको शुल्कको अतिरिक्त त्यसमा वार्षिक दश प्रतिशतका दरले हुन आउने रकम व्याज समेत प्राधिकरणमा बुझाउनु पर्नेछ।

(३) बीमकले आर्जन / गरेको- कुल बीमाशुल्कमा बीमकको अन्तिम लेखापरीक्षण पश्चात तयार भएको वित्तीय विवरणमा फरक पर्न गएमा त्यसरी फरक पर्न गएको रकम प्राधिकरणले मिलान गर्नु पर्नेछ।

(४) ऐनको दफा १०० को उपदफा (२) बमोजिमको नियमन: शुल्क बीमा मध्यस्थकर्ताको हकमा अनुसूची-७ मा उल्लेख भए बमोजिम र अन्य बीमा सेवा प्रदायकको हकमा अनुसूची-१४ मा उल्लेख भए बमोजिम हुनेछ।

(५) उपनियम (४) बमोजिमको नियमन शुल्क प्रत्येक पटक इजाजतपत्र नवीकरण गर्दा बुझाउनु पर्नेछ।